काठमाडौं / हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोल अन्तरले पराजित गरेको हो भने चेक रिपब्लिकका लागि टोमस होल्स र प्याट्रिक सिकले गोल गरेका हुन् ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेक रिपब्लिकले दुई गोल गरेको थियो । ५५औं मिनेटमा नेदरल्याण्ड्सका माथिस डि लिग्टले रातो कार्ड पाएपछि त्यसैको फाइदा उठाउँदै चेकले दुई गोल ग¥यो ।
त्यसअघि ५२औं मिनेटमा नेदरल्याण्ड्सले गोल गर्ने सुन्दर अवसर गुमाएको थियो । नेदरल्याण्ड्सका डोनयेल मालेन वान भर्सेस वानमा गोल गर्न चुकेका थिए ।
५५औं मिनेटमा माथिस डे लिग्ट रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा समेटिएको थियो । बल ह्याण्ड गरेकोले भिएआर रिभ्युपछि डे लिग्टलाई रातो कार्ड देखाइएको थियो ।
नेदरल्याण्ड्सको एक खेलाडी कम हुँदा चेकलाई फाइदा पुग्यो । ६८औं मिनेटमा टोमस होल्सले टोमस क्लासको पासमा हेडरमार्फत गोल गर्द अग्रता दिलाए ।
८०औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेकको अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका होल्सको क्रसमा गोल गरेका हुन् । चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।
चेक रिपब्लिक क्वाटरफाइनलमा, नेदरल्याण्ड्स बाहिरियो
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
