June 24, 2024

साविक विजेता पोर्चुगल बाहिरिए, बेल्जियम क्वाटरफाइनलमा

June 28, 2021

काठमाडौं / सेभियास्थित ला कार्टुजा स्टेडियमा आइतबार राति भएको खेलमा बेल्जियमले पोर्चुगललाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । यससँगै साविक विजेता पोर्चुगल युरोकप २०२० बाट बाहिरिएको छ ।
युरोकप २०१६ को विजेता पोर्चुगल पहिलो पटक क्वाटरफाइनलमा पुग्न पनि सफल भएन । दर्शकले निकै रुचाइएको पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न सकेनन् ।
बेल्जियमका थोर्गन हाजार्डको एक गोल नै निर्णायक गोल सावित भयो । खेलको ४२औं मिनेटमा हाजार्डले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएले उपलब्ध गराएको पासमा गोल गरेका हुन् । अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १–० को अन्तरले पराजित गरेको हो ।
दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । पहिलो पटक युरोकप जित्ने लक्ष्यमा रहेको बेल्जियमले अब क्वाटरफाइनलमा एक पटकको विजेता इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -