February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुरमा असार २१ गतेसम्म थप निषेधाज्ञा (थप विवरणसहित)

June 28, 2021

मकवानपुर / मकवानपुरमा आगामी असार २१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको भएपनि जोखिम यथावत नै रहेकाले असार १४ गतेसम्म जारी गरिएको निषेधाज्ञा थप ७ दिन थप्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, उक्त बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्री वितरण गर्ने व्यवसायहरु बिहान ४ः ०० बजेदेखि विहान १०ः ०० बजेसम्म खोल्ने दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
उनका अनुसार, पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यसैगरी प्रेस तथा फोटोकपी पसलहरू र फोटो स्टुडियोहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट होम डेलिभरी गर्ने गरी मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न दिने र पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम गराई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको छ ।
त्यस्तै निजी यात्रुबाहक सवारी साधनहरू मोटरसाइकल, मयुरी, अटो, ट्याम्पोमा जोरबिजोर प्रणालीका आधारमा दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।

- ADVERTISEMENT -