काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा २४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ३५ हजार १८८ र एन्टिजेनबाट ३३ हजार ३३ जना पुगेको छ ।
यस्तै, आज थप ३८५३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । निको हुनेको दर ९२.६ प्रतिशत छ ।
आज संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ५१ पुगेको छ ।
२४ घण्टामा २४४४ मा कोरोना संक्रमण, ३८५३ जना संक्रमणमुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
