October 7, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज असार १५ : देशैभर धान दिवस मनाइँदै

June 29, 2021
File photo.

चितवन / असाज १५ लाई मानो रोपेर मुरी फलाउने दिन पनि भनिन्छ अर्थात् धान दिवस देशैभर मनाइँदै छ । यस दिवस २०६२ साल असार १५ गतेदेखि देशैभर मनाउन थालिएको हो भने आजकै दिनलाई राष्ट्रिय धान दिवस पनि भनिन्छ ।
धान दिवस वर्षको पहिलो दिन आजबाट नै धान रोप्न सुरु गर्ने परम्परा छ । यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदैछ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।
आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

- ADVERTISEMENT -