२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

संक्रमणमुक्त थप ४३४८ जना, २६३६ मा कोरोना संक्रमण

प्रकाशित मिति : २०७८ असार १५ गते
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबारको प्रेस ब्रिफिङमार्फत् कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसँगै निको हुनेको दर ९३ प्रतिशत रहेको छ ।
यस्तै थप २६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७२८ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ३६ हजार ९१६ र एन्टिजेनबाट ३३ हजार ९४१ जना पुगेको छ ।
आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ७१ पुगेको छ ।

- ADVERTISEMENT -