तनहुँ / जिल्ला प्रशासन कार्यालय तनहुँले असार २४ गतेसम्म निषेधाज्ञा थप गरेको छ । तनहुँमा आईतबारबाट सरकारी कार्यालयले सेवा दिने भएका छन् । यस अघि प्रशासनले मागेको कार्ययोजना अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै असार २० गतेबाट सरकारी कार्यालय, संस्थान, समिति, बैंक, बिमालगायतका सेवा नियमित गर्ने प्रशासनले निर्णय गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसका आधारमा आईतबारबाट ती सेवा नियमित हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । तर सार्वजनिक यातायातका साधन भने तत्काल जोखिम कायमै रहेको भन्दै नखुलाइने भएको छ ।
प्रशासनले असार २४ सम्म तोकिएको निषेधाज्ञामा मापदण्ड पालना गर्न कडाई गर्ने पनि बताएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तनहुँमा थप असार २४ सम्म निषेधाज्ञा, सरकारी कार्यालय खुल्ने, सार्वजनिक यातायात नखुल्ने
June 29, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
