February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु

June 30, 2021

चितवन / भरतपुर बाइपास रोडमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४९२३ नं. को ट्रकले वाइपासमास्थित साना तथा घरेलु अगाडि पैदल यात्रुलाई आज बिहान (बुधबार) ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मृत्यु हुनेमा भरतपुर–१२, कस्तुरी टोल बस्ने वर्ष ७६ का बसन्तबहादुर लिम्बु रहेका हुन् । ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको भरतपुर अस्पतालमा उपचारक्रममा मृत्यु भएको जनाइएको छ ।
उक्त दुर्घटनापछि फरार भएका सवारी साधन र चालकलाई भरतपुर केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिइएको हो । उक्त ट्रकमा बिस्कुट लोड गरिएको थियो । नियन्त्रणमा लिइएको सवारीसाधन र चालकलाई आवश्यक कानुनी कारवाही अघि बढाइएको प्रहरीले बताए ।

- ADVERTISEMENT -