निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युरोकप २०२० को नतिजा अप्रत्याशित, बाहिरिए साविक विजेता

प्रकाशित मिति : २०७८ असार १६ गते
- ADVERTISEMENT -

चितवन / युरोकप २०२० को नतिजा दिन प्रतिदिन अप्रत्याशित हुँदै आएको छ । दाबेदार मानिएका प्रायः सबै देशहरु युरोकप २०२० बाट पाखा लाग्दै गएका छन् ।
साविक विजेता पोर्चुगल यसअघि नै बाहिरिएको छ । युरोकपको दावेदार मानिएका जर्मनी, फ्रान्स फुटबलप्रेमीहरुको लागि धेरै मन पराइएको देशमा पर्दछ तर यी दुबै देश पनि टिक्न सकेनन् ।
जारी युरोकप २०२० को ट्रफी कस्को पोल्टामा जाने हो निकै चाखको विषय बन्दै गएको छ । अहिले बेल्जियम र इङ्लैण्डले निकै चर्चा पाएको छ । सम्भवत यी दुबै देश मध्ये एक जनाले ट्रफी उचाल्न सक्ने चितवनका फुटबलप्रेमीहरु बताउँछन् ।
जर्मनीलाई हराउँदै इङ्ग्लैण्ड क्वाटरफाइनलमा
यस्तैगरी मंगलबार राति भएको प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराएर इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । उक्त खेलमा इंग्ल्याण्डले जर्मनीलाई २–० गोल अन्तरले हराएको हो ।
लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल ग¥यो । राहम स्टर्लिङले ७५औं मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए भने कप्तान ह्यारी केनले ८६औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
जर्मनीको यो हारसँगै युरो २०२० बाट बाहिरिएका छन् भने यसअघि साविक विजेता पोर्चुगल र फ्रान्स पनि अन्तिम १६ बाट बाहिरिसकेका छन् ।
युक्रेन पहिलो पटक युरोकपको क्वाटरफाइनलमा
त्यस्तै मंगलबार राति नै भएको खेलमा युक्रेनले स्वीडेनलाई हराउँदै पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । युरोकपको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले जीत हासिल गरेको हो ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोबबिकद्ये एक गोल गरे । स्वीडेनका लागि एमिल फोर्सवर्गले एक गोल फर्काए । रोमाञ्चक खेलको १२०औं मिनेटमा अर्टिमले निर्णायक गोल गर्दै युक्रेनलाई जित दिलाए ।
यस्तै खेलको ९८ औं मिनेटमा मार्कुस डानिलसनले रातो कार्ड पाएपछि स्वडेन १० खेलाडीमा समेटियो । त्यसैको फइदामा अर्टिमले अन्तिम समयमा गोल गरे ।
यस जितपछि युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बनेको हो । पहिलो पटक युरोको समूह चरण पार गरेको युक्रेनले नकआउट चरणमा पनि पहिलो खेल जितेको हो । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58