चितवन / युरोकप २०२० को नतिजा दिन प्रतिदिन अप्रत्याशित हुँदै आएको छ । दाबेदार मानिएका प्रायः सबै देशहरु युरोकप २०२० बाट पाखा लाग्दै गएका छन् ।
साविक विजेता पोर्चुगल यसअघि नै बाहिरिएको छ । युरोकपको दावेदार मानिएका जर्मनी, फ्रान्स फुटबलप्रेमीहरुको लागि धेरै मन पराइएको देशमा पर्दछ तर यी दुबै देश पनि टिक्न सकेनन् ।
जारी युरोकप २०२० को ट्रफी कस्को पोल्टामा जाने हो निकै चाखको विषय बन्दै गएको छ । अहिले बेल्जियम र इङ्लैण्डले निकै चर्चा पाएको छ । सम्भवत यी दुबै देश मध्ये एक जनाले ट्रफी उचाल्न सक्ने चितवनका फुटबलप्रेमीहरु बताउँछन् ।
जर्मनीलाई हराउँदै इङ्ग्लैण्ड क्वाटरफाइनलमा
यस्तैगरी मंगलबार राति भएको प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराएर इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । उक्त खेलमा इंग्ल्याण्डले जर्मनीलाई २–० गोल अन्तरले हराएको हो ।
लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल ग¥यो । राहम स्टर्लिङले ७५औं मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए भने कप्तान ह्यारी केनले ८६औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
जर्मनीको यो हारसँगै युरो २०२० बाट बाहिरिएका छन् भने यसअघि साविक विजेता पोर्चुगल र फ्रान्स पनि अन्तिम १६ बाट बाहिरिसकेका छन् ।
युक्रेन पहिलो पटक युरोकपको क्वाटरफाइनलमा
त्यस्तै मंगलबार राति नै भएको खेलमा युक्रेनले स्वीडेनलाई हराउँदै पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । युरोकपको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले जीत हासिल गरेको हो ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोबबिकद्ये एक गोल गरे । स्वीडेनका लागि एमिल फोर्सवर्गले एक गोल फर्काए । रोमाञ्चक खेलको १२०औं मिनेटमा अर्टिमले निर्णायक गोल गर्दै युक्रेनलाई जित दिलाए ।
यस्तै खेलको ९८ औं मिनेटमा मार्कुस डानिलसनले रातो कार्ड पाएपछि स्वडेन १० खेलाडीमा समेटियो । त्यसैको फइदामा अर्टिमले अन्तिम समयमा गोल गरे ।
यस जितपछि युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बनेको हो । पहिलो पटक युरोको समूह चरण पार गरेको युक्रेनले नकआउट चरणमा पनि पहिलो खेल जितेको हो । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
- ADVERTISEMENT -
युरोकप २०२० को नतिजा अप्रत्याशित, बाहिरिए साविक विजेता
June 30, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -