July 21, 2024

हेटौँडा–भीमफेदी सडकखण्ड अवरुद्ध

June 30, 2021

मकवानपुर / अविरल वर्षासँगै गएको पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिका वडा नम्वर ६ गढीलगायत विभिन्न स्थानमा गएको पहिरोका कारण आज बिहानैदेखि भीमफेदी हुँदै काठमाडौं जाने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
पहिरोका कारण काठमाडौंबाट हेटौँडा आउँने र काठमाडौं जाने दुबै तर्फको यातायात सेवा बन्द भएको प्रहरीले जनाएको छ ।
लगातार वर्षात भइरहेको कारणले तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै पहिरो हटाई यातायात संचालन गर्नेतर्फ प्राविधिकहरु खटाइसकिएका पनि प्रहरीले जनाएको छ ।
उक्त स्थानमा हिजो मंगलबार पनि पहिरो गएरको थियो ।
यसैगरी, हेटौँडा–भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाई हेटौँडातर्फको यातायात संचालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा संचालनमा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -