चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि भन्दै जारी गरिएको जारी निषेधाज्ञा पुनः एकसाता थप भएको छ ।
प्रशासन कार्यालयमा आज बुधबार बसेको बैठकले जारी निषेधाज्ञा असार २४ गतेसम्म लम्बाउने निर्णय गरेको हो । चितवनमा प्रशासनले जारी गरेको निषेधाज्ञा भोलि (बिहीबार) राति १२ बजे सकिदैछ ।
जिल्लामा अझै पनि कोरोनाको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा सकिनै लाग्दा पुनः एकसाता थप गरेको प्रशासनले जनाएको छ ।
सरकारी कार्यालय बार अनुसार खुल्ने, अटोमा जोर बिजोर
यस्तै प्रशासन चितवनले बढी भिडभाड हुने सरकारी कार्यालयहरु बार अनुसार खुल्ने भएका छन् । जस अनुसार प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालय अब बार अनुसार खुल्ने भएका हुन् ।
कुन कार्यालय कहिले खोल्ने भनेर स्थानीय तहले आलोपालो प्रणाली तोक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
त्यस्तै शुक्रबारदेखि नै तीन पाङग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु हुने भएको छ । चितवनमा जारी निषेधाज्ञा पहिलो पटक बैशाख १६ गते राति १२ः०० बजेबाट लागू गरिएको थियो भने त्यसयता प्रत्येक एक साताको दरले प्रशासन चितवनले थप गर्दै आएको छ ।
- ADVERTISEMENT -
चितवनमा एक साता निषेधाज्ञा थप, बार र जोरविजोरबाट सहज बनाउँदै
June 30, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -