चितवन / चितवनका विभिन्न अस्पतालमा गरी १०४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणबाट ८६ जना र एन्टिजेन परीक्षणबाट १८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ६७ जना छन् ।
यस्तै खैरहनी नगरपालिकाका ७, माडी ६, रत्ननगरका ११, राप्तीका ५, कालिकाका ७ र इच्छाकामना गाउँपालिकाका एक जना रहेका छन् । अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १६ हजार २८५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४४ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १४ हजार ८०५ पुगेको कार्यालयले जनाएको छ । १ हजार १९८ जना अझै आइसोलेसनमा छन् । उनीहरु मध्ये १०६३ जना होम आइसोलेसनमा छन् भने १०० जना अस्पताल तथा ३५ जना संस्थागत आइसोलेसनमा छन् ।
यस्तै चितवनमा कोरोना संक्रमणबाट २८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य छ ।
चितवनमा थपिए १०४ संक्रमित, ४४ जना संक्रमणमुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
