काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३५९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङ मार्फत बुधबार थप ३५९७ जना कोरोना संक्रमणमुक्त भएको जनाएको हो ।
यससँगै कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ । निको हुनेको दर ९३.३ प्रतिशत छ ।
यस्तै २८९२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १८८९ र एन्टिजेन विधिबाट १००३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ३८ हजार८०५ र एन्टिजेनबाट ३४ हजार ९४४ जना पुगेको छ ।
आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ११२ पुगेको छ ।
नेपालमा थप ३५९७ जना निको, २८९२ जनामा कोरोना पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
