January 13, 2025
- ADVERTISEMENT -

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, दुईतर्फ आवागमन अवरुद्ध

July 1, 2021
Photo : Binod Shrestha

चितवन / बुधबार बिहानैदेखि लगातार वर्षाले नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो गएको छ । अहिले पहिरोले मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार बिहिबार राति करिब २ बजेको समयमा चितवन ईच्छाकामना गाउँपालिका—६ अन्र्तगत मुग्लिन नारायणगढ सडक खण्डको पाँच किलो भन्ने स्थानमा पहिरो गएको हो । लगातारको वर्षाको कारण पहिरो पन्छाउन कठिन भएको र बाटो सुचारु गर्न केही समय लाग्ने उनले बताए । अहिले डोजर तथा लोडर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको प्रहरीले बताए ।
वर्षाका कारण अहिले पाँच किलो, चारकिलो लगायत अन्य विभिन्न स्थानमा पहिरो झर्ने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -