चितवन / चितवनमा पहिरोका कारण दुई जनाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–१२ का कृष्णलाल चेपाङ र मोतिलाल चेपाङको घर पहिरोले बगाएको छ । पहिरोले उक्त घरका चार जनालाई बगाएको राप्तीका १२ का वडाध्यक्ष अर्जुन चेपाङले जानकारी दिए ।
वडाअध्यक्ष चेपाङका अनुसार एक जना पुरुषको शव भेटिएको छ भने ३ जना अझै बेपत्ता रहेका छन् । मृतकको पहिचान हुन नसकेको बताइएको छ भने बगाएको घरमध्ये एउटामा एक जना र अर्कोमा ३ जना रहेको उनले बताए ।
यस्तै राप्ती–१२ कै फूलडाँडामा पनि लालबहादुर चेपाङको घरमा पहिरोले क्षति पु¥याएको छ । यस्तै कालिका नगरपालिका–११ का ५० वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोमा परेर मृत्यु भएको छ । बाङचोती खोलामा पहिरोले बगाएर चेपाङको मृत्यु भएको उनका आफन्त समेत रहेका वडाध्यक्ष चेपाङले बताए ।
यस्तै पूर्वी चितवनको कालिका वडा न. ८ कालिका मन्दिर नजिकै रहेको कयर खोलाको पक्की पुलको पश्चिमी भागको जमिन बगाउँदा सो क्षेत्रको आगमन अबरुद्ध भएको छ । सो खोलाले पुलको सो जमिन बगाँउदा न्युरेनी, देवीटार, अजिङ्गरे गाउँ जाने बाटो अबरुद्ध भएको छ ।
July 1, 2021
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -