June 14, 2024

गैँडाकोटमा एकतर्फी सवारी संचालन

July 2, 2021

गैँडाकोट / हिजो परेको अविरल वर्षाले आएको बाढीले पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुलमा डाइभर्सन बगाएर ठप्प भएको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।
हिजो विहान करिव ८ बजेदेखि ठप्प राजमार्ग आज विहान साँढे ८ बजेबाट एकतर्फी संचालनमा आएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नारायणगढ बुटवल सकड आयोजना मिलेर मुख्य डाइभर्सन बगाएको भन्दा दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाएर एकतर्फी सवारी संचालनमा ल्याएको सशस्त्र प्रहरी पितौजीका डिएसपी विरभद्रनाथले जानकारी दिनुभयो ।
अहिले रोकिएका सवारीलाई विस्तारै वारपार गराइएको छ । डाइभर्सन तयार हुन ढिला हुँदा सवारी जाम लामो छ । एम्बुलेन्सलाइ प्राथमिकता दिँदै सवै सवारी साधनहरु पास गराइएको उहाँको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -