२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

पूर्वी चितवनमा बाढी पसेपछि विद्युत सेवा अवरुद्ध

प्रकाशित मिति : २०७८ असार १८ गते
- ADVERTISEMENT -

चितवन / पुर्वी चितवनको खैरहनीस्थिन पर्सा सव स्टेसनमा बाढी पसेपछि विद्युत सेवा प्रभावित भएको छ । गएरातीदेखि परेको बर्षाको कारण आज बिहान लदरी खोलामा बाढी आएको थियोे । उक्त खोलाको बाढी सव स्टेसनभित्र पसेपछि पुर्वीचितवनको विद्युत सेवा अबरुद्ध भएको थियोे । पर्सा सव स्टेसनबाट वितरण हुने विद्युत सेवा अपरान्हपछि केही स्थानमा सुचारु भएको छ ।
हर्दी सव स्टेसनबाट लाइन मिलाएर विद्युत सेवा सुचारु गराइएको नेपाल विद्युत प्राधिकरण रत्ननगर टाडी वितरण केन्द्रका इन्जिनियर बिक्रम श्रेष्ठले जानकारी दिए । पर्साबाट वितरण हुँदै आएको चैनपुर , टाडी र सौराहा फिडर अन्तर्गतको विभिन्न स्थानमा विद्युत सेवा सुचारु गराइएको श्रेष्ठले बताए ।
विद्युत प्राधिकरणका प्राविधिकहरु अहिलेपनि फिल्डमै भएको र ११ केभीको लाइन सबैस्थानमा सुचारु गराउने प्रयास भइरहेको उनले बताए । ११ केभीको लाइन सुचारु भएपछि वितरण गरिएको ट्रान्सर्फमरहरु तथा फ्युज सेवा हेरिने उनले बताए । केही स्थानमा ११ केभी सुचारु भएपनी ट्रान्सर्फमरको फ्युज गएको कारण विद्युत अबरुद्ध रहेको प्राधिकरणले जनाएको छ ।

- ADVERTISEMENT -