June 14, 2024

निकोदर बढ्दै, संक्रमित २,२९९ थप, संक्रमणमुक्त ३४५१ जना

July 2, 2021

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रेस बिफ्रिङमार्फत पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।
कोरोना संक्रमित सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९÷३९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
यस्तैगरी कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ । कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -