२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

लगातार पहिरोका नारायणगढ–मुग्लिन सडक अबरुद्ध, आज सम्भावना न्यून

प्रकाशित मिति : २०७८ असार १८ गते
Photo : Binod Shrestha
- ADVERTISEMENT -

चितवन / नारायणगढ मुग्लिन सडकखण्ड आज खुल्ने सम्भावना न्यून रहेको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चारकिलोमा पुनः पहिरो गएकोले खुल्ने सम्भावना नरहेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।
इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा यसअघि आज बिहान खसेको पहिरो हटाउन नपाउदै फेरि पहिरो खसेको हो । बिहान खसेको ठूलो पहिरो हटाउने क्रममा दिउँसो साँढे २ बजे तिर फेरि पहिरो खसेको ट्राफिक प्रमुख थापाले बताए । बिहानदेखि ७ घण्टा लगाएर पहिरो हटाउने काम अन्तिम चरणमा पुग्दा फेरि पहिरो खसेको उनले भने ।
उनका अनुसार बिहान खसेको पहिरो करिब करिब हटाइसकेको थियो तर फेरि पहिरो खसेकाले पुनः अहिले फेरि ठूलो पहिरो खसेकाले अवस्था बिहानको जस्तै भएको हो । उनले ४ वटा डोजरले पहिरो पन्छाउने काम भइरहेको बताए ।
पहिरोको कारण सडक अवरुद्ध हुँदा नारायणगढ मुग्लिन सडक हुँदै यात्रा गर्ने यात्रुहरु एस् समस्यामा परेका छन् । उक्त सडकखण्डमा सयौं सवारी साधनहरु रोकिएका छन् भने ठुलो जाम लागेको छ । पहिरोले सडक अवरुद्ध हुँदा आधा दर्जन बढी एम्बुलेन्सहरु पनि रोकिएका छन् । एम्बुलेन्सहरु रोकिदा उपचारका लागि काठमाडौं हिंडेका बिरामीहरु समस्यामा परेका छन् ।

- ADVERTISEMENT -