धादिङ / अविरल परेको वर्षाका कारण आएको पहिरोले चारवटा सवारी साधन पुरेको छ । जसमध्ये पहिरोका कारण ट्रकका एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ ।
ट्राफिक प्रहरी रामनगरले दिएको जानकारीअनुसार पहिरोले पुरिएका चारमध्ये ना८ख ४५४० नम्बरको ट्रकको मात्र पहिचान खुलेको छ । मृतक सोही ट्रकमा सवार रहे पनि उनको सनाखत भएको छैन ।
बिहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौंबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट काठमाडौं आउन लागेका सवारी साधनहरु नारायणगढमै रोकिएका छन् । राजमार्गमा मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।
निरन्तर वर्षाले राजमार्गमा पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका–२९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ ।
त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ ।
धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका–६ परेवाटारमा पनि ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सात स्थानमा पहिरो, ट्रक पुरिँदा १ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
