मकवानपुर / अविरल वर्षासँगै गएको पहिरोका कारण मकवानपुरको विभिन्न स्थानको सडकखण्ड अवरुद्ध भएको छ ।
वर्षाका कारण हेटौँडा–भैंसे सडकखण्ड अन्तरगत पर्ने भीमफेदी गाउँपालिका वडा नम्वर १ बाघझोरामा, भैंसे–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने भीमफेदी–२ पान्द्राङमा, भीमफेदी–कुलेखानी सडकखण्ड अन्तरगत पर्ने भीमफेदी–६, गढी, देउराली, ईन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मीखोला, ईन्द्रसरोवर–२ कुलेखानीमा पहिरो गएकोले यातायात अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैगरी, कान्तीलोकपथ अन्तरगत पर्ने भीमफेदी गाउँपालिका–८ गगँटेमा पिचनै बगाएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले तु खबरलाई बताए ।
उनका अनुसार, त्रिभुवन राजपथको (भैंसे–पालुङ–नौबिसे) सडकखण्ड अन्तरगत पर्ने थाहानगरपालिका–६ र थाहानगरपालिका–१२ गैरीगाउँ–६ खानीगाउँ, थाहा नगरपालिका-१२ गैरीगाउँमा शुक्रबार गएको पहिरो पन्छाई यातायत संचालनमा ल्याएको छ ।
त्यस्तै, सोही सडकखण्ड अन्तरगत पर्ने भीमफेदी गाउँपालिका वडा नम्वर ९ अघोरस्थित गएको पहिरो पन्छाउने कार्य भइरहेको पनि उनले बताए ।
वर्षातका कारण गएको पहिरोका कारण मुग्लिनको बाटो पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकोा छ ।
मकवानपुरमा पहिरोका कारण विभिन्न स्थानको सडकखण्ड अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
