February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माम्तीखोलामा आएको बाढीले बीपी राजमार्ग अवरुद्ध

July 3, 2021

काभ्रे / काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ को माम्तीखेलामा आएको बाढीका कारण बीपी राजमार्ग अबरुद्ध भएको छ । शुक्रबार रातीदेखि परेको अविरल वर्षासँगै आएको भेलबाढीले बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्ड अवरुद्ध भएको हो ।
माम्ति र भ्याकुरे खोलामा लेदो सहित बाढी आउँदा वीपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि राजधानीबाट पूर्वी पहाड र तराईका जिल्ला हिँडेका सवारी साधन बिचमै अलपत्र परेका छन् ।
माथिबाट निरन्तर लेदो सहितको बाढी अझै आइरहेकोले लेदो हटाउन नसक्दा राजधानी आउँदै गरेका सबै सवारी साधन बिचैमा रोकिएका छन् । ‘बाढी कम नहुँदासम्म लेदो हटाउन सक्ने अवस्था छैन् । तर पनि राजमार्ग खुलाउने प्रयास भैरहेका छन् ।’ डिएसपी खतिवडा जानकारी दिए ।
मान्ति खोलाले बर्षेनी बीपी राजमार्ग अवरुद्ध पार्दै आएको छ । तर समाधानको उपाय भने अपनाइएको छैन् । हिउँदमा सुक्ने र बर्खामा उर्लिने मान्ति खोलामा पुल समेत छैन । राजमार्गबाटै खोला बग्ने गरेको छ । जसका कारण वर्षैपिच्छे यात्रुले हैरानी खेप्दै आएका छन् ।

- ADVERTISEMENT -