February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल थप २३२८ संक्रमित, संक्रमणमुक्त ३०६६ जना

July 3, 2021

काठमाडौं / पछिल्लो २४ घण्टामा २३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५२७ र एन्टिजेन विधिबाट ८०१ जनामा संक्रमण पुष्टि भएको शनिबार प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ४३ हजार ५८० र एन्टिजेनबाट ३७ हजार ५५६ जना पुगेको छ ।
यस्तै, आज थप ३०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ जना पुगेको छ । निको हुनेको दर ९४.३ प्रतिशत छ ।
आज संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार १९८ पुगेको छ ।

- ADVERTISEMENT -