चितवन / सौराहा क्षेत्रका लायन्स क्लबहरुले पूर्वी चितवनका बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् । क्लबहरुले रत्ननगर–८, रमाइलो बस्तीका बाढीबाट विस्थापित २० परिवारलाई राहत वितरण गरिएको हो ।
लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी र लायन्स क्लब अफ चित्रसेन बाबाको सक्रियतामा बाढीपीडित परिवारलाई सुरक्षित स्थान तथा नियमित रुपमा खाना खुवाइएको छ । बाढीपीडित २० परिवारका १०० जनाभन्दा बढीलाई बछौली स्थित ग्रीन सोसाइटी पब्लिक स्कुल स्थानान्तरण गरी नियमित खाना खुवाइएको छ ।
उनीहरूलाई आफ्नो घरमा सुरक्षित रुपमा फर्कन नसक्दासम्म यो सहयोग निरन्तर जारी राख्ने कार्यक्रम संयोजक लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ का जोन चियरपर्सन शिरलाल परियारले बताए । नयाँ लायन्स वर्ष शुरुवातसँगै सोही क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न वितरण समेत गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाको समन्वयमा ३३ परिवारलाई खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक परियारले भने ।
दैवी प्रकोपका कारण यस क्षेत्रका कसैलाई पनि गासबासको समस्या नहोस् भन्ने भावनाबाट प्रेरित भएर सौराहा क्षेत्रका लायन्स क्लब मिलेर राहत वितरण कार्यक्रम गरिएको लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका अध्यक्ष दीपेन्द्र खरेलले बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ का डिष्ट्रिक्ट को–एडभाईजरद्वय दीपेन्द्र खतिवडा र योगेन्द्रनाथ अधिकारी, रिजन चियरपर्सन ओमलाल सापकोटा लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । गत विहीबारदेखि शुरू भएको विस्थापित परिवारलाई खाना खुवाउने कार्यक्रम निरन्तर जारी रहेको लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका सचिव सुरज पौडेलले जानकारी दिएका छन् ।
सौराहाका बाढीपीडितलाई खाद्यान्न सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
