मकवानपुर / मकवानपुरमा आज ९७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्र भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९७ जना आज संक्रमणमुक्र भएका हुन् ।
संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ शनिबार ४६ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यसैगरी संक्रमणमुक्त हुनेहरुमा मनहरी गाउँपालकाका २९ जना, थाहा नगरपालिकाका १५ जना, बागमती र बकैया गाउँपालिकाका २/२ जना, कैलाश, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाका १/१ जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १० हजार २ सय १३ पुगेको छ ।
त्यस्तै, आज जिल्लाका ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जना र ८४ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना गरी जम्मा ५६ जनामा कोरोना पुष्टि भएको हो ।
आज जाच गरिएको ३०९ जनाको कोरोना परीक्षणमध्य १८ प्रतिशतमा कोरोना पुष्टि भएको हो।
मकवानपुरमा ९७ जना निको, कोरोना संक्रमण ५६ जनामा पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
