June 25, 2024

लायन्स क्लब अफ नारायणगढ बालकुमारीको पद हस्तान्तरण

July 4, 2021
Photo : Halkaro

चितवन / लायन्स क्लव अफ नारायणगढ बालकुमारीले आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष लायन ई. हरिराम पौडेलको टिमले नवनियुक्त अध्यक्ष ध्रुवप्रसाद पौडेल (वर्ष २०२१–२०२२) को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
यसैगरी नवनिर्वाचित लायन्स क्लब वर्ष २०२१–२०२२ को प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र तृतिय उपाध्यक्षमा क्रमशः लायन शंकर आचार्य, रामजी थापा र कृष्णकुमार तामाङ रहेका छन् ।
त्यस्तै सचिवमा लायन शेरबहादुर पौडेल, सह–सचिव लायन गोविन्द पराजुली, कोषाध्यक्षमा लायन शिव श्रेष्ठ, सह–कोषाध्यक्षमा अशोक न्यौपाने रहेका छन् भने ४ जना डाईरेक्टरहरुमा र अन्य पदाधिकारीहरु चयन गरेका छन् ।
हरेक नेतृत्वको कार्यकाल जुलाईबाट परिवर्तन गर्नुपर्ने नियमलाई मध्यनजर गर्दै अनौपचारिक रुपमा भएपनि सम्पन्न गरिएको क्लबका सचिव शेरबहादुर पौडेलले जानकारी दिए ।
पूर्व अध्यक्ष लायन ई. ईश्वरकुमार राजभण्डारीले नवनिर्वाचित कार्यसमितिलाई प्रतिवद्धता तथा स्वागतसहित परिचय दिएका थिए ।
क्लवका पूर्व अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ बि २ को एरिया नं. ३ का चिफ एरिया को–अर्डिनेटर लायन बालगोपाल चुकेको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो भने सचिव लायन शेरबहादुर पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -