February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युरोकप–२०२० सेमिफाइनलमा डेनमार्क र इंग्ल्याण्ड भिड्दै

July 4, 2021

काठमाडौं / युरोकप २०२० अन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्क र इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा डेनमार्क २९ वर्षपछि र इंग्ल्याण्ड २५ वर्षपछि लामो अन्तराल पश्चात प्रवेश गरेका हुन् ।
जारी युरोकप–२०२० अन्तर्गत क्वाटरफाइनल खेलमा डेनमार्कले रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डले युक्रेनलाई ४–० गोलअन्तरले सहजै पराजित गरेको थियो ।
डेनमार्कका लागि अजरवैजानस्थित बाकु मैदानमा भएको खेलमा थोमस डिलाने र क्यास्पर डलबर्गले पहिलो हाफमा एक–एक गोल गरे । चेकका लागि प्याट्रिक सिकले जवाफी एक गोल फर्काउन सफल भएका थिए ।
प्रतियोगिताको पाँचौ मिनेटमै थोमस डिलेनेले गोल गर्दै डेनमार्कको लागि खाता खोलेका थिए । जेन्स स्ट्रराइर लार्सनको कर्नमार पेनाल्टीमा अनमार्क रहेका डिलानेले गोल गरेका थिए भने ४३औं मिनेटमा क्यास्पर डलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पार्न सफल भए ।
दोस्रो हाफमा चेकले सुरुआतदेखि नै डेनमार्कमाथि दबाब बनाउँदै ४९औं मिनेटमा चेकका प्याट्रिक सिकले जवाफी गोल गरे । उनले भ्लादिमिर काउफलको पासमा गोल गरेका थिए ।
त्यस्तैगरी रोममा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन कप्तान ह्यारी केनले २ तथा ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एक÷एक गोल गरेका थिए ।
प्रतियोगिताको पहिलो हाफमा चौथो मिनेटमै केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाउन सफल भएका थिए । पहिलो हाफ एक गोलमै सीमित भएको इंग्ल्याण्डले दोस्रो हाफमा आकर्षक तीन गोल गरेका थिए ।
दोस्रो हाफको ४६औं मिनेटमा मगुएरले गोल गर्दै अग्रता दोब्बर बनाए । यस्तै पुनः केनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने हेन्डरसनले ६३औं मिनेटमा गोल गरेर जीत सुनिश्चित गरेका थिए ।
पहिलो पटक क्वाटरफाइनल पुगेको युक्रेनको यात्रा भने यसभन्दा अघि जान रोक लाग्यो । प्रतियोगिताको सेमिफाइनलमा डेनमार्कले र इंग्ल्याण्डसँग भिड्ने छन् ।

- ADVERTISEMENT -