२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

एमालेको एकता प्रक्रियामा इगो बाधक

प्रकाशित मिति : २०७८ असार २१ गते
- ADVERTISEMENT -

काठमाडौं / एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ। यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन्। नेपालले आइतबार बिहान ओलीसँग भेट गर्न अस्वीकार गरेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ निवर्तमान सांसदले गरेको हस्ताक्षरबाहेक अन्य विषयमा सहमति भइसकेको दुवै तर्फका मध्यमार्गी नेताले बताइरहेका छन्। हस्ताक्षर फिर्ता हुने वा नहुने भन्ने विषयमा बीच बाटो अख्तियार गर्ने विषयमा छलफल केन्द्रित भएको ती नेता बताउँछन्। तर, इगोका कारण अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद गराउन ठूलै कसरत गर्नुप¥यो। उनीहरू अध्यक्ष ओलीलाई २०७५ जेठ २ मा फर्काउन सफल भए। उनीहरूकै प्रयासमा दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भयो। वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरिएको निष्कासनको कारबाही निष्प्रभावी भयो।
अध्यक्ष ओली लचिलो बने। वरिष्ठ नेपालले भने ओलीसँग भेट गर्न अस्वीकार गरिरहेका छन्। नेपालले बिहीबार राति अध्यक्ष ओलीले गरेको फोन अरू नेताको मन राखिदिन उठाएको बताउँदै आएका छन्। फोन वार्ता सौहार्दपूर्ण नभएको ओलीले बताइसकेका छन्। यी दुई शीर्ष नेताबीच शनिबार उपमहासचिव घनश्याम भुसालको फोनमा कुराकानी भयो। आफू त्यति लचिलो हुँदा पनि हस्ताक्षर फिर्ताको विषयमा नेपाल टसमस नभएपछि ओली रुष्ट भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

- ADVERTISEMENT -