February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बुधबारदेखि मनसुन पुनः सक्रिय

July 5, 2021
File Photo.

काठमाडौं / जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि मनसुन फेरि सक्रिय हुने जनाएको छ । वर्षाको समय भए पनि महाशाखाले आज र भोलिको लागि पानी पर्ने अनुमान गरेको छ ।
मौसम महाशाखाका अनुसार अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणी भू–भाग नजिक छ भने यो बेला मनसुनी गतिविधि कम हुन्छ ।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले मनसुनी न्यूनचापीय रेखा तराई नजिक हुँदा मनसुन सक्रिय हुने बताए । अहिले प्रदेश एकका केही ठाउँमा मध्यम खालको पानी परिरहेको छ । प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -