चितवन / चितवनमा २४ घण्टामा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालका ६७५ जनाको पिसिआर परिक्षण १०७ र १६३ को एन्टिजेन परिक्षणमा ५८ जना गरी थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १०१, खैरहनीमा १५, माडी ८, रत्ननगरमा २४, राप्तीमा १५, र कालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ६८ जनाको आइसियुमा, जसमध्ये १७ जनाको भेन्टिलेटर र ३८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२५५ जना रहेका छन् ।
त्यस्तै जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् । मृत्यु भएका मध्ये नवलपुरका २,लमजुङ १ र मकवानपुरका १ जना रहेका छन् । यो सँगै चितवनमा कुल मृतकको संख्या २८७ पुगेको छ ।
यस्तै आजै चितवनका विभिन्न अस्पतालबाट थप २४ डिस्चार्ज भएका छन् ।
चितवनमा थप १६५ संक्रमित, चार जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
