२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

नवलपरासीमा असार २५ र २६ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

प्रकाशित मिति : २०७८ असार २१ गते
- ADVERTISEMENT -

नवलपुर / नवलपरासीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २५ र २६ गते लगाइने भएको छ । जेष्ठ २५ देखि विभिन्न मितिमा भेरोसिल खोपको पहिलो मात्रा लगाएकालाई असार २५ र २६ गते दोस्रो मात्रा लगाउने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)का प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए ।
स्वास्थ्य प्रमुख चापागाईका अनुसार नवलपुर बाहेक अन्य जिल्लाबाट भेरोसिल खोपको पहिलो मात्रा लगाएका चार हप्ता पुगेको अवस्थामा दोस्रो प्राथमिकतामा राखी खोपको उपलव्धता अनुसार लगाइने छ ।
जिल्लाभित्र प्रथम चरणमा भेरोसिल खोप लगाएका व्यक्तिहरुलाई खोप कार्डको आधारमा दोस्रो चरणको खोप लगाइने उनले बताए । स्वास्थ्य कार्यालयले पहिलो चरणमा खोप लगाएकै केन्द्रमा पुुगेर दोस्रो मात्रा लगाउन समेत आग्रह गरेको छ । नवलपरासी (पूर्व) मा पहिलो चरणमा ४ हजार ९६५ जनाले भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

- ADVERTISEMENT -