मकवानपुर / मकवानपुरमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा बसेको ९९ जना सोमबार संक्रमणमुक्त भएका हुन् ।
जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १० हजार ३ सय ७७ जना पुगेको छ ।
जिल्लामा हालसम्म ११ हजार ३ सय २६ जनामा कोरोना पुष्टि हुँदा १० हजार ३ सय ७७ जना संक्रमणमुक्त भएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा जिल्लामा ७५ जनामा कोरोना पुष्टि भएको हो । थप ९४ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र १ सय ९३ जनामा गरिएको एन्टीजेन परीक्षणबाट ४० जना गरी ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ३१ जना पुगृेको छ । पछिल्लो २४ घण्टामा मनहरी गाउँपालिका वडा नम्वर २ का ७८ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मकवानपुरमा ९९ संक्रमणमुक्त, ७५ जनामा कोरोना पुष्टि
July 5, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
