February 6, 2025
- ADVERTISEMENT -

लागूऔषध कारोबार गर्ने चार जना पक्राउ

July 5, 2021
Photo : tukhabar

मकवानपुर / मकवानपुर प्रहरीले लागूऔषध कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित पूर्वपश्चिम राजमार्ग लोकमार्ग सडकखण्डबाट लागूऔषध नाईट्रोभेट १५० ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा–१० बस्ने २३ वर्षीय बिवेक न्यौपाने, हेटौँडा–५ बस्ने १९ वर्षीय एडी चौधरी, काभ्रेको नमोबुद्ध नगरपालिका घर भई हाल हेटौँडा–४ बस्ने २० वर्षीय सुरज लामा र सिन्धुलीको मरिन गाउँपालिका घर भई हाल हेटौँडा–१५ बस्ने २३ वर्षीय बिशाल कुमार वाईवा रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी चौकी भुटनदेवी प्रहरी टोलीले उक्त परिणामको लागूऔषधसहित आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -