२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान

प्रकाशित मिति : २०७८ असार २१ गते
- ADVERTISEMENT -

काठमाडौं / निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनको लागि दल गर्दा गर्न आह्वान गरेको हो । आयोगले दल दर्ताको लागि आगामी असार ३१ गतेदेखि साउन १५ गतेसम्‍म समय तोकेको छ ।
सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यस्तै कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -