February 6, 2025
- ADVERTISEMENT -

प्रतिनिधि सभा विघटनको बहस सकियो, एमिकस क्युरीले राय दिने

July 5, 2021

काठमाडौँ / प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा बहस सकिएको छ।
आइतबारदेखि सुरु भएको रिट निवेदनका तर्फको जवाफी बहस आज दिउँसो सकिएसँगै पक्ष-विपक्षका अधिवक्ताको बहस सकिएको हो । सभामुखका तर्फबाट, विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस यसअघि नै सकिएको थियो ।
रिट निवेदक पक्ष र विपक्षले प्रतिनिधिसभा विघटन मुद्दामा १५/१५ घण्टा बहस गरेका छन् । अब अदालतका सहयोगीले दुई घण्टा बहस गर्ने गर्नेछन् ।
एमिकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् । अदालतका निष्पक्ष सहयोगीले कानूनअनुसार अदालतलाई आफ्नो स्वतन्त्र राय दिनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -