चितवन / देवघाट गाउँपालिका वडा नम्बर १ बसेनिटारमा स्थित आर्थिक रुपमा विपन्न ५५ घरधुरी भुजेल परिवारलाई राहत सहयोग प्राप्त भएको छ । उक्त राहत लायन्स क्लब अफ भलवारी सिटि र लियो क्लब अफ भलवारी सिटिको संयुक्त आयोजनामा दिइएको हो । लायन्सका जिल्ला ३२५बि २ नेपालका डिष्ट्रिक गभर्नर पीएमजेएफ रामप्रसाद भट्टले देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापालाई सो राहत हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि भट्टले कार्यक्रममा बोल्दै भलवारीको लियो र लायन्स क्लबले नेपालको एक पुन्य भुमि देवघाटमा आई राहत वितरण गरेकोमा खुशी व्यक्त गर्दै आभार प्रकट गरे ।
देवघाट गाउँपालिका अध्यक्ष थापाले विश्व महामारीको रुपमा फैलिएको कोबिड १९ को कारण दैनिक ज्यालादारी मजदुरहरुलाई लागि राहतले मानवीय कार्यमा थप बल पुगेको बताए । आगामी दिनहरूमा पनि यसरी नै समन्वय गरि अगाडी बढ्ने अध्यक्ष थापाले भने ।
उक्त राहत करिब एक लाख पचास हजार बराबरको चामल, दाल, तेल, नुन, चिउरा, भुजा साबुनलगायत रहेको लियो क्लब अब भलवारी सिटीका निवर्तमान अध्यक्ष लियो रबिन जोशीले जानकारी दिए ।
कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट गाउँपालिका प्रशासन साखा अधिकृत गोविन्दप्रसाद पौडेल, देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त, देवघाट लायन्स क्लबका अध्यक्ष दधिराम सापकोटा, देवघाट लाइन्स क्लबका प्रथम उपाध्यक्ष होमबहादुर भारती, देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगायतको उपस्थिति थियो ।
कार्यक्रम लायन्स क्लब अफ भलवारी सिटी लायनका गणेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लायन्स र लियो क्लबको एक लाख पचास हजारको सहयोग
July 6, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -