चितवन / चितवनका क्रियाशील महिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । रत्ननगर नगरपालिका रत्ननगरको आयोजनामा उक्त क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका मेयर नारायण वनले समाज परिवर्तनमा पत्रकारहरुको भूमिका महत्वपुर्ण रहेको बताए । उनले पत्रकारलाई नकारात्मकभन्दा सकारात्मक पाटोलाई बढी औंल्याएर समाचार लेख्न सुझाव दिए ।
नगरभित्रका कुनै समस्या वा आफूहरुबाट कुनै कमजोरी भएका छन् भने खबर गर्न र यथार्थ विषयमा समाचार सम्प्रेषण गर्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर विमला दुवाडीले पत्रकारलाई तथ्यमा आधारित समाचारलाई जोड दिनु पर्ने बताए । उनले बेथिती र गलत काम भएका छन् भने खबरदारी गर्नु पनि पत्रकारको कर्तव्य भएको उनको भनाइ थियो ।
उनले अहिलेका महिला पत्रकारहरु हर समस्याका बावजुद पनि सबल र सक्षम बन्दै पत्रकारितामा आफूलाई सकृय राख्न सक्नु सम्मानयोग्य भएको बताइन् ।
कार्यक्रममा चितवनकी पत्रकारद्वय शान्ता अधिकारी र प्रतिमा सिलवालले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरुले कोरोना महामारीको यो विषम परिस्थितिमा समाचार संकलनमा परेको असर र चुनौतिका बारेमा सहजीकरण गरेका थिए ।
रत्ननगर नगरपालिकाका प्रेस सल्हाकार होम सापकोटा, पत्रकार महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकाल, सचिव दीपेन्द्र अधिकारी, कार्यपालिका सदस्य समेत रहेकी पत्रकार सरस्वती लामा लगायत चितवनका १५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीको अध्यक्षता सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

महिला पत्रकारलाई क्षमता अभिवृद्धि तालिम, सकारात्मक पक्षको लेखनमा जोड
July 6, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
