चितवन / भरतपुर महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष विजय भुजेलले पाँच लाख रुपैयाँ घुस लिएको आरोप सहितको समाचार विभिन्न मिडियामा प्रसारण भएपछि सोमबार पत्रकार सम्मेलन गरेका छन् ।
उनले पत्रकार सम्मेलनमा एकल महिलाले भत्ता नपाएको झोकमा र राजनीतिक प्रतिशोधका कारण आफूलाई झुटो आरोप लगाएको बताए । उनले वडासदस्यहरुले आफूलाई बेवास्ता गरेर एकलौटी निर्णय र काम गर्ने गरेको साथै केन्द्रको राजनीतिक प्रभाव भएको उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा पेश गरिएको मिलापत्र र समाचार प्रशारण हुँदा पेस गरिएको मिलापत्रमा भिन्नता भेटिएको छ । आज सार्वजनिक भएको नयाँ मिलापत्रमा १३ लाख नगद र ७ लाख चेक दिएको उल्लेख गरिएको छ । नयाँ मिलापत्रमा नवलपुर गैडाकोटका जियन महतो र भरतपुर २५ का राजु श्रेष्ठको हस्ताक्षर समावेश गरिएको छ ।
त्यस्तै पुरानो मिलापत्रमा भरतपुर २५ कि विन्दा महतो, भरतपुर २५ का वडासदस्य कमलबहादुर गोदार र वडा अध्यक्ष विजयकुमार भुजेलको हस्ताक्षर गरिएको छ । पत्रकार सम्मेलनमा रकम हस्तान्तरणमा गरेको रकम विवरण फरक पारिएको छ ।
एउटै मितिमा गरिएको २ वटा तमसुकमा फरक फरक विवरण पेश गरिएको छ । पिडित आशा गुरौ र छोरा लिलाराज गुरौले पत्रकार सम्मेलनमा बोली फेरेका छन् ।
पत्रकार सम्मेलनमा आफूले वडाध्यक्षलाई पाँचलाख रुपैयाँ दिएको भन्दै आएकी आशा चौधरीले एकल महिलाको भत्ता नपाएको झोकमा वडाध्यक्षलाई आरोप लगाएको स्वीकारिन् ।
‘म शारीरिक र मानसिक तनावमा थिए । पाठेघरको समस्या भएपछि लामो समय अस्पतालमा लामो समय बसेर अप्रेशन पनि गरे ।’ उनले भनिन्, ‘मलाई एकल महिला भत्ता आएको भए सजिलो हुने थियो । पैसाको अभाव हुँदा भत्ता प्रक्रिया पनि छिटो हुन्छ की भनेर महिले वडा अध्यक्षमाथि आरोप लगाएकी हुँ ।’
त्यस्तै उनका छोरा लिलाराज गुरौले आफूले १३ लाख नगद दिएको र ७ लाख चेक दिएको बताएका छन् । वडाध्यक्ष विजय भुजेलले भने यो आरोप निराधार रहेको दावी गरेका छन् । आफूले आमा छोराबीच विवाद मिलाउन मध्यस्थता गरेको भएपनि रकम नलिएको उनले दाबी गरे ।
त्यस्तै भरतपुर २५ का ४ जना वडासदस्यले वडा अध्यक्ष विजय भुजेलको राजीनामाको माग गरेका छन् । उनीहरूले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो समाचार सत्य रहेको र नाता प्रमाणित गर्दा यति धेरै रकम लिने विषयको कुराले वडाध्यक्षको नियत प्रष्ट भएको बताएका छन् ।
विवादमा वडाध्यक्ष भुजेल : एउटै घटनाका दुईवटा तमसुक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
