चितवन । चितवनमा कोरोना भाइरस विरुद्धको दोस्रो डोज खोप अन्तर्गत पहिलो दिन मंगलबार ५ हजार ९ सय ९१ जनाले लगाएका छन् । दोस्रो डोज खोप लगाउनेहरुमा २ हजार ८ सय ५१ जना महिला रहेका छन् भने ३ हजार १ सय ४० जना पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यस्तै भरतपुर महानगरपालिकामा ४ हजार १ सय ४५ जना, राप्ती नगरपालिकामा ३ सय १ जना, रत्ननगर नगरपालिकामा ७ सय ९१ जना, खैरहनी नगरपालिकामा ३ सय १३ जना र माडी नगरपालिकामा १ सय ७० जनाले खोप लगाएका छन् ।
त्यस्तै कालिका नगरपालिकामा २ सय २३ जना, ईच्छाकामना गाउँपालिकामा ४८ जनाले खोप लगाएका छन् । चितवनका सबै स्थानमा अलग्गै जनशक्ति तथा स्वास्थ्य स्वयंसेवकहरु परिचालन गरी मंगलबारबाट उक्त खोपको दोस्रो मात्रा दिन थालिएको हो । जनस्वास्थ्य कार्यालयले चितवनले भेरोसेलको पहिलो मात्रा गत जेठ २५ र २७ गते दिएको थियो ।
चितवनमा भेरोसेलको दोस्रो डोज लगाउने ५९९१ जना
July 7, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -