२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

बलिउडका हस्ती दिलिपकुमारको निधन

प्रकाशित मिति : २०७८ असार २३ गते
- ADVERTISEMENT -

मकवानपुर / भारतीय अभिनेता दिलिपकुमारको निधन भएको छ । उनको आज बिहान साढे ७ बजे मुम्बईको अर हिंदुजा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनको ९८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वासप्रस्वास सम्बन्धी समस्याबाट पीडित बनेका दिलिपकुमार करिब १ महिनादेखि उपचाररत थिए ।
पुराना अभिनेताको रुपमा परिचित दिलिपकुमारले थुप्रै हिन्दी चलचित्रमा अभिनय गरेका छन् ।
उनले मुगल–ए–आजम, देवदास, नया दौड़, गंगा जमुना, राम और श्याम लगायतका चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।
उनी सन् १९९१ र २०१५ मा पद्मभुषण पदकबाट विभूषित भएका थिए ।

- ADVERTISEMENT -