२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

इन्धन र ग्यासमा पनि पुनः मूल्यवृद्धि, उपभोक्तालाई सकस

प्रकाशित मिति : २०७८ असार २३ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाल आयल निगमले इन्धनमा पुनः मूल्यवृद्धि गरेको छ । दुई साता पनि नबित्दै निगमले मंगलबार पुनः इन्धनको मूल्यवृद्धि गरेको हो ।
नयाँ मूल्यवृद्धि अनुसार प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पु¥याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पु¥याएको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।
गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो ।

- ADVERTISEMENT -