काठमाडौं / प्रहरीले तास खेलिरहेको अवस्थामा दमकबाट नगद सात लाख रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ ।
दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजेतिर नगद सात लाखसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पक्राउ पर्नेहरुमा २९ वर्षीय घरधनी खतिवडासहित दमक–१ का ५४ वर्षीय नरेन्द्र थापा, सोही वडाका २३ वर्षीय नरेन्द्र लिम्बू, दमक–२ का ४३ वर्षीय हर्क धिमाल, दमक–६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक–७ का ४० वर्षीय कृष्ण खतिवडा, दमक–९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ र दमक–८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल रहेका छन् ।
यस्तै सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक–७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली–६ का ३७ वर्षीय हर्क लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले पक्राउ परेका साथबाट ६ बुक ताससहित रु सात लाख ४५ हजार ५०० समेत बरामद गरेको जनाउको छ ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सात लाखसहित ११ जुवाडे प्रहरीको फन्दामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
