म्याग्दी / म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार बिहान मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो ।
घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।
उनका अनुसार, बाढीले घर बगाउँदा बेपत्ता भएका दुई जनामध्ये बजिनको शव भेटिएको र बिना बेपत्ता छन् ।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।
खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२/११ केभी क्षमताको सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ ।
इलाका प्रहरी कार्यालय दरबाङका अनुसार, घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बाढीले घर बगाउँदा एक जनाको मृत्यु
July 7, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
