२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

टिपर दुर्घटनामा चालकको मृत्यु

प्रकाशित मिति : २०७८ असार २३ गते
File Photo.
- ADVERTISEMENT -

बुटवल / सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरे रहेका छन् ।
लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लु २ ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालक सुदीपको मृत्यु भएको हो ।
चुनढुङ्गा लोड गरी बुटवल आउँदै गरेको टिपर दुर्घटना भएको हो ।

- ADVERTISEMENT -