गैँडाकोट / गैँडाकोटबाट १२ दिनदेखि सम्पर्कविहीन भएकी एक किशोरी नारायणगढबाट फेला परेकी छन् । गैँडाकोट ४ मा बस्दै आएकी २१ वर्षिया पुनम घर्ती नारायणगढबाट फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई नारायणगढको बाटोमा हिंड्दै गर्दा फेला पारेको हो । उनकी आमा नारायणगढ लगायत आसपासका क्षेत्रमा हराएकी पुनमको फोटो देखाउँदै खोज्दै हिंडेकी थिइन् । फेला पारिएको पुनलाई आजै परिवारको जिम्मा लगाइएको प्रहरीले बताए ।
उनी यही असार ११ गतेदेखि गैँडाकोट घरबाट हिंडेकी थिईन् । उनीहरु गुल्मी मालिका गाउँपालिका २ घर भई गैँडाकोट ४ मा डेरामा बस्दै आएकी हुन् । पुनम सुस्तः मनस्थितीको रहेको र गत फागुनदेखि औषधी सेवन गर्दै आएकी आमा छमि घर्तीले बताइन् ।
पुनम यसअघि पनि ५ महिना सम्पर्कविहीन भएकी थिईन् । ५ महिनापछि बुटवलमा फेला परेकी आमा छमि घर्तीको भनाइ छ ।
गैँडाकोटबाट हराएकी पुनम नारायणगढमा परिन् फेला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
