चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार दिउँसोबाट दुबैतर्फ सञ्चालनमा आएको छ । भारी वर्षाका कारण भरतपुर महानगरपालिका २९ सेती दोभानमा पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड दुबैतर्फ सञ्चालनमा आएको जिल्ला जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवन प्रहरीका अनुसार आज (बुधबार) दिउँसो ३ः१० बजेबाट सडक दुबैतर्फ सञ्चालन आएको हो भने यस अघि आजै बिहानबाट सडक एकतर्फी सञ्चालनमा आएको हो ।
सेती दोभानमा लगातार पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । प्रहरीका अनुसार आज (बुधबार) बिहान ५ः३० बजेबाट नै पहिरो पन्छाउन सुरु गरिएको थियो ।
सडक दुबैतर्फी खुले पनि सवारी साधनको लामो जाम लागेकोले सहज हुन समय लाग्ने बताइएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड दुबैतर्फ सुचारु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
