January 12, 2025
- ADVERTISEMENT -

चितवनमा थप १३५ संक्रमित, कोरोनाबाट दुईजनाको मृत्यु

July 7, 2021
Coronavirus economic impact concept image

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भरतपुर महानगरपालिकामा ७० जना, खैरहनीमा १९ जना, माडी नगरपालिकामा २० जना, रत्ननगरमा १० जना, राप्ती नगरपालिकामा १० जना, कालिका नगरपालिकामा ४ जना, इच्छाकामनामा २ जना रहेका छन् ।
योसँगै सक्रिय संक्रमितको संख्या एक हजार ३०१ जना रहेका छन् । जसमा घरमा आइसोलेसनमा एक हजार १५६ जना, अस्पतालको आइसोलेसनमा १०७ जना र सार्वजनिक आइसोलेसनमा ३८ जना रहेका छन् ।
यस्तै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार मृतक दुई जनामध्ये एक जना चितवनका र एक जना चितवन बाहिरका रहेका छन् ।
मृतकहरुमा भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । चितवनका विभिन्न अस्पतालमा २३० जना बिरामीको उपचार भइरहेको छ ।
जसमध्ये आईसीयूमा ७६ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा ४४ जना र जनरल बेडमा ११० जना रहेका छन् । त्यस्तै चितवनका विभिन्न अस्पतालहरुबाट २४ जना डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -