२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

इङल्याण्ड फाइनलमा, उपाधिका लागि इटालीसँग भिड्ने

प्रकाशित मिति : २०७८ असार २४ गते
- ADVERTISEMENT -

काठमाडौं / युरोकप २०२० को फाइनलमा इङल्याण्ड प्रवेश गरेको छ । लण्डनस्थित वेम्बली स्टेडियममा अन्तिम सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा डेनमार्कलाई जर्सी नं. १४ का दम्सगार्डले २९औं मिनेट गोल गरी अग्रता दिलाएका थिए । दम्सगार्डले फ्रि किकबाट पाएको मौकाको राम्रो फाइदा उठाएका थिए । त्यस्तैगरी ३८औं मिनेटमा डेनमार्कका केजरबाट आत्मघाती गोल हुँदा इङल्याण्ड बराबरी हुन पुग्यो । यो गोलले नै डेनमार्कलाई ठूलै क्षति बेहोर्न बाध्य पार्यो ।
खेलको दोस्रो हाफमा कुनै गोल नभएपछि अतिरिक्त समयको १०३औं मिनेटमा जर्सी नं. ९ का हेरी केनले पेनाल्टी शुट आउटबाट इङल्याण्डलाई जीतको नजिक पु¥याए । इङल्याण्डका जर्सी नं. १० का स्टे«लिङलाई डिवक्समा लडाएपछि उक्त पेनाल्टी शुट आउटको अवसर पाएको हो ।
यस्तैगरी इङल्याण्डका जर्सी नं. ६ का मागुरे र डेनमार्कका जर्सी नं. १८ का डेनिलले पहेंलो कार्ड बेहोरेका थिए ।
खेलमा डेनमार्कको राम्रो प्रदर्शन र दबदबा रहे पनि बाजी भने इङल्याण्डले मार्न सफल भएको छ । इङल्याण्डका हेरी केनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उक्त सेमिफाइनल खेलको उत्कृष्ट खेलाडी हेरी केन भएका छन् ।
यसअघि सोही स्टेडियम भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरी सकेको छ । युरोकप २०२० को फाइनलमा इटाली र इङल्याण्ड आगामी आइतबार राति १२ः४५ बजे प्रतिस्पर्धा गर्नेछन् ।

- ADVERTISEMENT -