चितवन / भरतपुर महानगरपालिका वडा नं. २५ बस्ने वर्ष २६ की मृगौला पीडित संगिता महतोलाई आर्थिक सहयोग प्राप्त भएको छ । इनर भिजन सोसाइटी नेपालले मृगौला पीडित महतोलाई ४ लाख रुपैया संकलन गरी आर्थिक सहयोग गरेको हो । सोसाइटीले दुईवटै मृगौला फेल भएका पीडित महतोलाई उपचार सहयोगार्थ रकम उपलब्ध गराएका हुन् ।
संकलित रकम भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानवहादुर कुमाल, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा चितवन प्रमुख शान्ताकुमारी पौडेल, इनर भिजन सोसाइटी नेपालका अध्यक्ष पूर्णबहादुर गाहा मगरले संयुक्त रुपमा पीडित महतोलाई हस्तान्तरण गरेका हुन् ।
उनको उपचारको लागि बुधबारै स्वास्थ्य तथा सामाजिक विकास महाशाखा चितवन प्रमुख शान्ताकुमारी पौडेलले १ हजार ५ रुपैयाँ सहयोग गरे । यस्तै भरतपुर नगरपालिका वडा न २ मा रहेको रेविका बाल प्रतिष्ठानले २० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
विगत ११ महिनादेखि चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा उपचार गराउदै आएकी छिन् भने महतोको करिब डेढ वर्ष अघि मृगौलामा समस्या भएको थियो ।
हप्तामा २ चोटि डायलाइसिस गर्दै आएकी महतोको आर्थिक अभावका कारण पूरा उपचार गर्न नसकिएपछि सहयोगको रकम जुटाइएको हो । डायलासिस र औषधिको भरमा बाँचिरहेकी महतोको अहिलेसम्म ५ लाख रुपैया खर्च भइसकेको परिवारले जनाएको छ ।
उपचारको लागि पारिवारिक अवस्था कमजोर भएकोले थप सहयोग जुटाईदिन परिवारले अपिल गरेको छ । उपचारकै लागि सहयोग गर्ने दाताहरुले कुमारी विकास बैंकमा पीडित संगिता महतोको नाममा खाता रहेको छ भने उनको बुबाको मोवाइल नं ९८१२२९०६७४ पनि सम्पर्क गर्न सकिने छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मृगौला पीडित महतोलाई ४ लाख आर्थिक सहयोग
July 8, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
