चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले नदि तटिय क्षेत्रमा वसोवास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउ लगायतका ठूला साना नदिहरुमा पानीको सतह वढिरहेकाले नदि तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । माडी क्षेत्रको बनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दवस्ति र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च साबधानि अपनाउन प्रशासनले आग्रह गरेको हो ।
यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका वडा नम्बर २९ लगाएतका पहाडी भूभागमा भूक्षय र पहिरोको समेत जोखिम रहेको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलद्धारा जारि सूचनामा जनाईएको छ । जसका कारण सर्बसाधारणलाई साबधानी अपनाउन भनिएको हो । वाढी आएको समयमा नदिनालाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता जोखिमयुक्त कार्य नगर्न नगराउन अनुरोध गरिएको छ ।
सूचनामा भनिएको छ “जल तथा मौसम बिज्ञान बिभागका अनुसार आगामी केही दिन सम्म बिभिन्न स्थानमा मेघगर्जन सहित निरन्तर वर्षाको सम्वाभना रहेकोले नदिहरुमा पानीको सतह खतरा तह सम्म पुग्न गई बाढी, नदिकटान डुवानको उच्च जोखिम रहेको छ ।” नदि तटिय क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित स्थानमा रहन वा जान समेत प्रशासनले आग्रह गरेको छ ।
यसै बिच निरन्तरकबो वर्षाका कारण माडीका १ सय ६८ घर डुवानमा परेका छन् । जिल्ला आपतकालिन सञ्चालन केन्द्रका अनुसार माडी नगरपालिका वडा नम्बर १, ३, ४, ६ र ७ का ती घर डुवानमा परेका हुन । उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
माडी नगरपालिका वडा नम्बर १ मा रहेका १ सय ६० घरधुरीलाई पाँचपाण्डब मध्यवर्ती बनको भवनमा र वडा नम्बर ३ बघौडाका ८ घरधुरीलार्य सार्बजनीक स्थानमा राखिएको छ । अन्य स्थानका स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ । निरन्तरको वर्षाका कारण माडीका खोलाहरुमा पानीको सतह वढे संगै माडी भरतपुर सवारी आवागमन रोकीएको छ ।
नदि तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
